
काठमाडौं। नेपाली बजारमा भित्रिएको दुई महिनामा टाटाको ८०० टियागो इभी डेलिभरी भएको छ। टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले यो गाडी भदौ अन्तिममा भएको नाडा अटो शोमा सार्वजनिक गरेको थियो।
कम्पनीले नाडा अटो शोमा ५०० युनिटभन्दा धेरै गाडी बुकिङ प्राप्त गर्न सफल भएको थियो। त्यसपछि कम्पनीले दसैंनजिक टियागो इभीको डेलिभरी दिन सुरु गर्यो। हालसम्म कम्पनीले ८०० युनिटभन्दा बढी टियागो इभी डेलिभरी गरिएको जनाएको छ।
कम्पनीका अनुसार बुकिङ भएका टियागो इभी एक महिनाभित्र डेलिभरी दिने गरी बुकिङ लिएको थियो। अहिले पनि यो गाडीको बुकिङ ३०० देखि ४०० युनिटको हाराहारीमा रहेको कम्पनीले जनाएको छ।
टाटाको यो गाडी सहर केन्द्रित ह्याचब्याक हो। यसको मूल्य नेपालमा उपलब्ध अन्य इभीभन्दा कम छ। यसको पेट्रोल भर्सन पनि नेपाली बजारमा उपलब्ध छ। सिप्रदीले इभीको लागि भनेर छुट्टै डेडिकेटेड सर्भिस सेन्टरहरु पनि निर्माण गरेको छ।
यस्तै फास्ट चार्जिङको नेटवर्क विस्तारमा पनि टाटा नेपालमा पहिलो नम्बरमा छ। यस्तै स्पेयर पार्ट्सका लागि पनि सिप्रदीको डिलरहरु धेरै विस्तार भएका छन्। यसले गर्दा गाडी डेलिभरीसँगै मर्मतको सेवा सहज बनाइएको छ।
टियागो इभीको सुरुवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँ छ। यस्तै टप भेरियन्टको २७ लाख ९९ हजार रुपैयाँ छ। यो गाडी दुई वटा ब्याट्री प्याकमा उपलब्ध छ। जसमा १९.२ किलोवाट आवर र २४ किलोवाट आवरको छ। यसमा भएको उक्त ब्याट्री प्याकले एक पटकको फुल चार्जमा २५० किलोमिटरदेखि ३१५ किलोमिटरसम्म रेन्ज प्रदान गर्छ।
यसमा टाटाले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरेको छ।