
काठमाडौं । नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जाजरकोट भूकम्प पिडितलाई ५५ लाख राहत सहयोग गरेको छ।
सिप्रदीयन सहायता संस्था, टाटा ट्रष्ट भारत र सिप्रदी ट्रेडिङले जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुम अन्तर्गत आठबिसकोट नगरपालिका १३ र १४ वडा कार्यालयलाई ५५ लाख बराबरको राहत सामग्री प्रदान गरेको हो।
लक्ष्मी पूजाको दिन संस्थाको प्रतिनिधि गर्दै सिप्रदीका ७ जना कर्मचारीहरुले जाजरकोट र पश्चिम रुकुममा राहत सामग्रीहरु हस्तान्तरण गरेका थिए। उनीहरुले त्रिपाल, म्याट्रेस, खाध्यान्न, साबुन लगायतका राहत सहयोग हस्तान्तरण गरेका हुन।
यस्तै, बढ्दै गरेको जाडोलाई मध्यनजर गर्दै न्यानो कपडा, सिरक, सिरानी र टोपी लगायतका अन्य सामाग्रीहरुको प्याकेज बनाएर सम्बन्धित कार्यालयहरूलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।


कम्पनीका अनुसार हस्तान्तरण गरिएको सामाग्रीहरुबाट करिब १२०० घर परिवारका ४ हजार ८०० जना भूकम्प पीडितहरू प्रत्यक्ष लाभान्वित हुनेछन्।