हिमालयन रिको सेयर आजबाट बिक्री खुला, रोजगारीमा गएका नेपालीले भर्न पाउने

बिजमाण्डू
२०८० मंसिर ४ गते ०९:०४ | Nov 20, 2023
हिमालयन रिको सेयर आजबाट बिक्री खुला, रोजगारीमा गएका नेपालीले भर्न पाउने


काठमाडौं। हिमालयन रिइन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि साधारण सेयर निष्कासन गरेको छ। कम्पनीले पूर्वनिर्धारित तालिका हेरफेर गरेर आजबाट बिक्री खुला गरेको हो।

Tata
GBIME
NLIC

अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर कम्पनीले २०६ रुपैयाँका दरले सेयर ल्याएको हो।

कम्पनीको जारी पुँजी १० अर्ब रुपैयाँ छ। यसको ३० प्रतिशत सर्वसाधारणलाई छुट्याएको छ। यही ३० प्रतिशतबाट रोजगारीमा गएकाहरुलाई सेयर  बिक्री गर्न लागेको हो। उनीहरुले ३० लाख कित्ता सेयर पाउने छन्।

कम्पनीको सेयरमा कम्तिमा १० र अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिन्छ।