कम शो दिएको भन्दै ‘दिमाग खराब’को प्रदर्शन रोक्ने घोषणा, सेयर बाँडफाँटविरुद्ध पनि प्रतिवाद

बिजमाण्डू
२०८० कात्तिक २९ गते १६:१० | Nov 15, 2023
कम शो दिएको भन्दै ‘दिमाग खराब’को प्रदर्शन रोक्ने घोषणा, सेयर बाँडफाँटविरुद्ध पनि प्रतिवाद
निश्चल

काठमाडौं । नेपाली हलहरुले कम शो दिएको भन्दै प्रदर्शनरत् फिल्म ‘दिमाग खराब’को प्रदर्शन रोक्ने निर्णय गरिएको छ। सिनेमा आर्ट प्रा लि र ब्ल्याक हर्स पिक्चर्स प्रा लिले एक विज्ञप्ति जारी गर्दै प्रदर्शन रोक्ने घोषणा गरेका हुन्।

Tata
GBIME
Nepal Life

चलचित्र प्रदर्शकबाट सधैं अन्यायपूर्ण व्यवहार खेप्दै आएको भन्दै निर्देशक निश्चल बस्नेत र निर्माता रौनक बिक्रम कडेलले संयुक्त विज्ञप्ति मार्फत नेपालमा चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेको जानकारी दिएका हुन्।

विदेशी फिल्मलाई धेरै शो र नेपाली फिल्मलाई कम शो दिएको भन्दै उनीहरुले आफूहरुले समान व्यवहार खोजेको बताएका छन्। यस्तै, विदेशी र नेपाली चलचित्रलाई बराबर शो नदिएसम्म र फिल्म प्रदर्शन भइरहेसम्म बराबरी सेयर बाँडफाँट नभएसम्म फिल्मको प्रदर्शन रोक्ने उनीहरुले बताएका हुन्।

समान व्यवहार भए फिल्म हलमै देखाउने नभए अन्य माध्यमबाट सिनेमा प्रदर्शन गर्ने चेतावनी पनि उनीहरुले दिएका छन्।