निफ्राको नगद लाभांश प्रस्ताव‚ सेयरधनीलाई ४.२१ प्रतिशत वितरण गर्ने

बिजमाण्डू
२०८० कात्तिक २१ गते ११:४२ | Nov 7, 2023
निफ्राको नगद लाभांश प्रस्ताव‚ सेयरधनीलाई ४.२१ प्रतिशत वितरण गर्ने


काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा)ले नगद लाभांश वितरण गर्ने भएको छ। बैंक संचालक समितिको सोमबार भएको बैठकको निर्णयले सेयरधनीहरुलाई करसहित ४.२१०५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको हो।

Tata
GBIME

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्ताहरुका लागि चुक्ता पुँजी २१ अर्ब ६० करोडको ४.२१ प्रतिशतले हुन आउने ९० करोड ९४ लाख ६८ हजार रकम बराबरको नगद लाभांश वितरण गर्ने भएको छ।

निफ्रा सञ्चालक समितिको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभा तथा अर्थ मन्त्रालयबाट अनुमोदन भए पश्चात मात्र लगानीकर्ताहरुलाई वितरण गरिने छ।

यसअघि निफ्राले आर्थिक वर्ष २०७८/७९ मा लगानीकर्ताहरुलाई ४.२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।