स्वदेश फर्किँदाको खुसी : युद्धग्रस्त इजरायलबाट फर्किए २५० बढी नेपाली

प्रवीण रानाभाट
२०८० असोज २६ गते ०६:१९ | Oct 13, 2023
स्वदेश फर्किँदाको खुसी : युद्धग्रस्त इजरायलबाट फर्किए २५० बढी नेपाली

काठमाडौं । युद्धग्रस्त इजरायलमा फसेका नेपालीहरुलाई उद्धार गरी स्वदेश फिर्ता ल्याइएको छ। नेपाल एयरलाइन्सको विमानबाट २५० जनाभन्दा बढी नेपाली स्वदेश फर्किएका हुन्।

Tata
GBIME
Nepal Life

गत शनिबार हमास विद्रोहीले इजरायलमा अप्रत्याशित आक्रमण गरेका थिए। सो आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

बुधबार राति परराष्ट्र मन्त्री एनपी साउदसहितको टोली नेपालीलाई लिन इजरायल गएको थियो। आज बिहान २:४५ बजे नेपालीहरुलाई लिएर विमान स्वेदश फर्किएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायलबाट फर्केका नेपालीहरुलाई स्वागत गर्न उनीहरुका परिवारका सदस्यहरु पुगेका थिए।

विमानस्थलमा उनीहरुको स्वागतका लागि नेपालका लागि इजरायली राजदूत पनि पुगेका थिए। उनले इजरायलमाथि युद्ध थुपारिएको भन्दै अहिले त्यसैको विरुद्ध लडिरहेको बताए। १० जना नेपाली विद्यार्थीको मृत्यु भएकोमा दु:ख जनाउँदै उनले नेपालको साथको लागि धन्यवाद दिए।

इजरायलमा अझै करिब ४ हजार नेपाल छन्। राजदूतले भने, ‘नेपालीहरु इजरायलमा विभिन्न पेसामा सक्रिय छ। करिब ४ हजार नेपाली इजारयली परिवारकै सदस्य हुन्।’