
काठमाडौँ। नेपाल धितोपत्र बोर्डले नेपाल प्राइभेट इक्विटी एशोसिएसनसँग सम्झौता गर्ने भएको छ। बोर्ड अध्यक्ष रमेशकुमार हमालले विश्व लगानीकर्ता सप्ताहको उद्घाटन कार्यक्रममा सोमबार बोल्दै संघसँग सम्झौता गर्ने बताएका हुन्।
यसले मुलुकको निजी क्षेत्र र अर्थतन्त्रलाई नयाँ खाता खोलेर इक्विटीको भविष्य निर्माण गर्नलाइ स्टार्टअपहरुको सानो लगानीको भविष्य निर्माण गर्ने उनको भनाइ थियो। यस अन्तर्गत उनले ३० अर्ब ५० करोडको कोष जम्मा भएको पनि बताए।
‘अब पहिलोपटक नेपालमा स्टार्टअप स्मल इन्टरप्राइजहरुले बैंकको लोन प्राइभेट इक्विटीको माध्यमबाट आफ्नो स्थापना र आफ्नो ग्रोथलाई अघि सार्न सक्छन्‚’ उनले भने।
साथै स्वतन्त्र संचालकहरुको योग्यता के हुने मापदण्ड सेबोनले तोक्ने‚ संचालक समितिहरुको अनुकूल रिपोर्टिङ स्ट्यान्डर्ड पनि तोकिने उनले बताए। यसका लागि बोर्डले समिति बनाइसकेको पनि उनले खुलाए। यो योजना चालु वर्ष २०२३ बाटै लागू गर्ने उनले बताए।