भारतले क्यानडाका नागरिकलाई भिसा दिन रोक्यो, सेवा अनिश्चितकालका लागि स्थगित

बिजमाण्डू
२०८० असोज ४ गते १३:२८ | Sep 21, 2023
भारतले क्यानडाका नागरिकलाई भिसा दिन रोक्यो, सेवा अनिश्चितकालका लागि स्थगित
Photo : Getty Images


हरदिप सिंह निज्जरको हत्याको विषयमा विवाद बढ्दै जाँदा भारतले क्यानडामाआफ्नो भिसा सेवा रोकेको छ। क्यानडामा रहेको भारतीय मिसनले आजबाटै लागू हुने गरी भिसा कार्य स्थगित गरिएको जनाएको हो।

Tata
GBIME

क्यानडामा भारतका लागि अनलाइन भिसा आवेदनको व्यवस्थापन गर्ने बिएलएसले एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि भिसा सेवा स्थगित गरेको जनाएको हो। ‘अपरेश्नल’ कारणहरुले भिसा कार्य स्थगित भएको जनाइएको छ।

क्यानडाले आफ्नो नागरिक हरदिप सिंह निज्जरको हत्यामा भारत सरकारका एजेन्टहरुको संलग्नता हुन सक्ने भनेपछि दुई देशबीचको विवाद उत्कर्षमा पुगेको हो। पंजाबलाई भारतबाट टुक्राएर छुट्टै खालिस्तान बनाउनुपर्ने अभियानमा लागेका निज्जरलाई भारतले आतंकवादीको सूचीमा राखेको थियो।

जी-२० सम्मेलनका क्रममा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच सम्बन्ध राम्रो देखिएको थिएन। त्यसपछि क्यानडाले भारतसँगको व्यापार मिसन स्थगित गरेको थियो भने दुवै देशले कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेको थियो।

क्यानडाले भारतमा आतंकवाली गतिविधि बढ्दो रहेको भन्दै जम्मू कश्मिर क्षेत्रमा नजान भन्दै ट्राभल एड्भाइजरीसमेत जारी गरेको थियो।

यता क्याडनाका नागरिकलाई भिसा रोकिनुमा खालिस्तान मुद्दा नै कारण हो कि होइन भन्ने बारेमा बीएलएसले केही उल्लेख गरेको छैन।