नारायण चौरमा ‘सेल्फी विथ नेशनल फ्ल्याग‚’ ओली र सुनितासँग तस्वीर खिचाउनेको भिड

बिजमाण्डू
२०८० असोज ३ गते ११:३१ | Sep 20, 2023
नारायण चौरमा ‘सेल्फी विथ नेशनल फ्ल्याग‚’ ओली र सुनितासँग तस्वीर खिचाउनेको भिड


काठमाडौं। आज संविधान दिवसको अवसरमा एमालेले काठमाडौंको नारायण चौरमा ‘सेल्फी विथ नेशनल फ्ल्याग’ कार्यक्रम आयोजना गरेको छ।

Tata
GBIME

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, उनकी पत्नी राधिका शाक्यसँगै एमाले नेता कार्यकर्ताको उपस्थिति थियो। नेताहरु र उपस्थित व्यक्तिहरुले राष्ट्रिय झण्डासँग तस्वीर खिचाएका छन्।

कार्यक्रममा ओली र काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलसँग राष्ट्रिय झण्डा लिएर सेल्फी लिनेको भिड थियो।

सो अवसरमा ओलीले दशकौं लामो संघर्ष, बलिदान र धेरै ठूलो अवरोध छिचोलेर संविधान सभामार्फत संविधान जारी भएको बताउँदै संविधानले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको बताएका थिए।