एनसेलले विभिन्न सहरमा गर्‍यो तीज कार्यक्रम, स्टल राखेर सिमकार्ड र रिचार्ड कार्डको सेवा पनि

बिजमाण्डू
२०८० असोज ३ गते ११:२२ | Sep 20, 2023
एनसेलले विभिन्न सहरमा गर्‍यो तीज कार्यक्रम, स्टल राखेर सिमकार्ड र रिचार्ड कार्डको सेवा पनि


काठमाडौं। एनसेल आजियाटा लिमिटेडले विभिन्न सहरहरुमा सांगीतिक कार्यक्रमको आयोजना गरेर तीज पर्व मनाएको छ। तीज कार्यक्रम कम्पनीको १८औं वार्षिकोत्सवको ‘हामी तपाईंकै लागि’ भन्ने थिमका साथ आयोजना गरिएको थियो।

Tata
GBIME

तीज हिन्दु महिलाहरुले ठूलो उत्साहका साथ मनाउने नेपालको एक विशेष पर्व हो। एनसेल विशेष अवसरका खुसीहरुलाई सबैसँग साटासाट गर्न प्रतिबद्ध रहेको जनाएको छ।

एनसेलले सिन्धुली, महेन्द्रनगर, पोखरा र बिर्तामोडमा तीज कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो।

ग्राहकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले कार्यक्रम स्थलमा आफ्नो स्टल पनि राखेको थियो। स्टलबाट ग्राहकले एनसेलको सिमकार्ड, रिचार्ज कार्ड तथ अन्य सेवा, सुविधाहरु लिन सक्ने व्यवस्था रहेको थियो।

कम्पनीले आम नेपाली जनसमुदायलाई विश्वस्तरीय दूरसञ्चार सेवाहरूमार्फत जोड्दै प्रविधि र कनेक्टिभिटीको पहुँचले दिने लाभ १८ वर्षदेखि निरन्तर प्रदान गर्दै आएको छ।