
काठमाडौं। राहदानी विभागले आजदेखि ३४ पृष्ठको राहदानी वितरण फेरि सुरु गरेको छ। केही समय रोकिएको ३४ पृष्ठको राहदानी वितरण आजबाट सुरु भएको विभागले सूचना जारी गरी जनाएको हो।
असोज १ गतेबाट प्रि-इनरोल गर्ने सेवाग्राहीहरुले ३४ पृष्ठको राहदानी छनोट गरेर आवेदन दिन सक्ने विभागले जनाएको छ।
२०८० साल असार ३ गते विभागले ६६ पृष्ठको राहदानीको मूल्य ५ हजार रुपैयाँ कायम गरेको थियो। ३४ पृष्ठको राहदानीको अभाव हुँदा ६६ पृष्ठको राहदानीको मूल्य घटाइएको थियो। त्यसअघि ६६ पृष्ठको राहदानीको १० हजार रुपेयाँ थियो।
