६१ किलो सुन प्रकरणमा २९ जना प्रतिवादी बनाउँदै अभियोगपत्र दायर, साढे ३ अर्ब बिगो

बिजमाण्डू
२०८० भदौ ३१ गते १६:५५ | Sep 17, 2023
६१ किलो सुन प्रकरणमा २९ जना प्रतिवादी बनाउँदै अभियोगपत्र दायर, साढे ३ अर्ब बिगो


काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ६१ किलो सुन प्रकरणमा जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरेको छ। २९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको हो।

Tata
GBIME

प्रतिवादी सबैलाई भन्सार छली र संगठित अपराधमा मुद्दा दायर गरिएको छ। ३ अर्ब ५० करोड ३० लाख रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर भएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गत बुधबार सरकारी वकिल कार्यालयमा ३५ दिनको अनुसन्धानपछि रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको हो। १८ जना फरार रहेको सीआइबीले जनाएको छ। फरारमध्ये १४ जना विदेशी नागरिक र ४ जना नेपाली रहेका छन्।

सीआइबीले ३ सय ६२ किलो सुन तस्करी भएको भन्दै ५० जनालाई प्रतिवादी बनाएको थियो। जसमा ३२ जना पक्राउ परेका थिए। प्रहरीले २६ जनाविरुद्द मुद्दा चलाउन राय दिएको थियो।