बुवाको मुख हेर्ने दिन लक्षित आइएमई पेको अफर, ५००० बराबरको गिफ्ट ह्याम्पर जित्न सक्ने

बिजमाण्डू
२०८० भदौ २७ गते १७:४३ | Sep 13, 2023
बुवाको मुख हेर्ने दिन लक्षित आइएमई पेको अफर, ५००० बराबरको गिफ्ट ह्याम्पर जित्न सक्ने


काठमाडौं। आइएमई पेले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै ‘मेमोरिज विथ फादर: सेयर द जोइ’ नामक अफर सार्वजनिक गरेको छ। 

Tata
GBIME

भदौ २६ देखि भदौ २८ गतेसम्म चल्ने सो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने ‘बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफू र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र #babarama राखेर पोस्ट गर्नुपर्ने कम्पनीले जनाएको छ।

सो कमेन्टहरूमध्ये सबैभन्दा उत्कृष्ट, रोमान्चक तथा भावुक कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनोट गरिने बताइएको छ। विजेताहरूलाई ह्युमन फिटको ५ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर उपहार स्वरुप प्रदान गरिने आइएमई पेले जनाएको छ।