नाडा अटो शोमा १४ लाखदेखि करोडमाथिका गाडी, प्रदर्शनीको पहिलो दिनमा यस्तो देखियो क्रेज

बिजमाण्डू
२०८० भदौ २६ गते १८:४३ | Sep 12, 2023
नाडा अटो शोमा १४ लाखदेखि करोडमाथिका गाडी, प्रदर्शनीको पहिलो दिनमा यस्तो देखियो क्रेज


काठमाडौं। आजदेखि सुरु भएको नाडा अटो शोमा धेरै मोडलका नयाँ सवारीसाधानहरु प्रर्दशनीमा राखिएका छन्। जसमा यस पटक ह्याचब्याक सेग्मेन्टका गाडी र यसयुभी सेग्न्टका गाडीहरुको राम्रो उपस्थिति छ।

Tata
GBIME

१४ लाख पर्ने चिनियाँ इभी सेरेस ई १ देखि एमजीको १७ लाख पर्ने कोमेटलयायत २२ लाख पर्ने भारतीय गाडी टाटाको टियागो इभीसम्म नाडा अटो शो को ‘हट केक’ हुन्।

यस्तै मेलाको पहिलो दिन बिवाइडीको डल्फिनदेखि एमजीको एमजी फोर प्रति ग्राहकको नजर परेको थियो। एसयुभी सेग्मेन्टमा पनि बिवाइडीको डल्फिन, टाटाको नेक्सन इभी म्याक्स, सेरेस ३, एमजीको जेडएस इभी, हुन्डाई कोना, सीजीको नेटा भी र नेटा यु, बिवाइडीको एटो ३ रहेका छन्। यी गाडीहरुको मूल्य लगभग ४० लाखदेखि ८० लाखसम्म रहेका छन्।

यसैगरी सेडान र लक्जरीमा हुन्डाईको आयोनिक ५, बिवाइडीको सिल, नेटाको जीटी, म्याक्ससको मिफा ९ लगायतका गाडीहरु रहेका छन्। जसको मूल्य करोड माथि रहेका छन्।

यस्तै दुई पाङ्ग्रेतिर पनि ग्राहकहरुको भिड राम्रो थियो। मेलामा बिक्रेताहरुले नयाँ नयाँ मोडलका बाइकहरु प्रर्दशनीमा सार्वजनिक गरेका छन्।

जसमा रोयल इनफिल्डको हन्टर, होन्डाको डिओ स्कुटर १२५,  टीभीएसको रोनिन बाइक र आईक्युब इभी स्कुटर, जावा र यज्दीका क्लासिक र एडभेन्चर बाइक, सुजुकी, भेस्पा, बेनेली, केटीएम तथा अन्य इभी ब्रान्डहरुको नयाँ मोडलले ग्राहकहरुलाई आकार्षित गरेको छ।