
काठमाडौं। प्रभु क्यापिटलले प्रभु सेलेक्ट फन्डका इकाइधनीलाई दिने प्रतिफल घोषणा गरेको छ।
प्रभु क्यापिटलको भदौ २५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षका लागि ९.५० प्रतिशत(करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
उक्त लाभांश बुक क्लोजभन्दा अघिल्लो दिनसम्म कारोबार भइ कायम इकाइधनीले पाउने छन्। क्यापिटलले बुक क्लोज मिति भने तोकेको छैन।