एसिया कप : पाकिस्तानमाथि फराकिलो जित निकालेको भारतले आज श्रीलंकासँग खेल्दै



बिजमाण्डू
२०८० भदौ २६ गते ०७:४१ | Sep 12, 2023
एसिया कप : पाकिस्तानमाथि फराकिलो जित निकालेको भारतले आज श्रीलंकासँग खेल्दै
Photo: BCCI

काठमाडौं। दुई दिनको ‘ड्रामा’पछि सोमबार राति भारतले पाकिस्तानलाई हरायो। वर्षाले प्रभावित बनाएको खेलमा भारतले पाकिस्तानमाथि २२८ रनको जित निकालेको हो।

Tata
GBIME
Zonsen

आइतबार टस हारेर ब्याटिङमा उत्रिएको भारतले रोहित शर्मा र शुभमन गिलको अर्धशतकको सहायतामा १४७-२ रन बनाउँदा वर्षाले खेल रिजर्भ डे मा धकेलियो। यसक्रममा कप्तान रोहित शर्माले ५६ र शुभमन गिलले ६८ रन बनाए।

मंगलबार ब्याटिङमा फर्किएको भारतका लागि केएल राहुल र बिराट कोहलीले शतकीय इनिङ्स खेल्दा पाकिस्तानले ३५७ रनको विशाल लक्ष्य प्राप्त गर्‍यो। भारतका लागि कोहली १२२ र गिल राहुल १११ रनमा अविजित रहे।

बलिङतर्फ पाकिस्तानका शाहीन शाह अफ्रीदी र शादाब खानले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले लक्ष्यअनुसारको जवाफ फर्काउन सकेन। पाकिस्तानका लागि फकर जमानले सर्वाधिक २७ रन बनाउँदा आघा सलमान र इफ्तिकार अहमेदले समान २३ रन बनाए।

त्यस्तै कप्तान बाबर आजमले १० रन बनाए। बलिङतर्फ भारतका कुलदीप यादवले ५ विकेट तथा जसप्रीत बुमराह, हार्दिक पाण्ड्या र सार्दुल ठाकुरले समान १ विकेट लिँदा पाकिस्तान ३३ औँ ओभरमा १२८ रनमा समेटियो।

भारतले मंगलबार सुपरफोरको दोस्रो खेलमा श्रीलंकाविरुद्ध खेल्दैछ। खेल कोलम्बोस्थित प्रेमदासा स्टेडियममा सवा ३ बजे सुरु हुनेछ। पहिलो खेलमा बंगलादेशलाई हराएको श्रीलंका र पाकिस्तानलाई हराएको भारत दुबै लगातार दोस्रो जितको खोजीमा हुनेछन्।