काठमाडौं। दुई दिनको ‘ड्रामा’पछि सोमबार राति भारतले पाकिस्तानलाई हरायो। वर्षाले प्रभावित बनाएको खेलमा भारतले पाकिस्तानमाथि २२८ रनको जित निकालेको हो।
आइतबार टस हारेर ब्याटिङमा उत्रिएको भारतले रोहित शर्मा र शुभमन गिलको अर्धशतकको सहायतामा १४७-२ रन बनाउँदा वर्षाले खेल रिजर्भ डे मा धकेलियो। यसक्रममा कप्तान रोहित शर्माले ५६ र शुभमन गिलले ६८ रन बनाए।
मंगलबार ब्याटिङमा फर्किएको भारतका लागि केएल राहुल र बिराट कोहलीले शतकीय इनिङ्स खेल्दा पाकिस्तानले ३५७ रनको विशाल लक्ष्य प्राप्त गर्यो। भारतका लागि कोहली १२२ र गिल राहुल १११ रनमा अविजित रहे।
बलिङतर्फ पाकिस्तानका शाहीन शाह अफ्रीदी र शादाब खानले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले लक्ष्यअनुसारको जवाफ फर्काउन सकेन। पाकिस्तानका लागि फकर जमानले सर्वाधिक २७ रन बनाउँदा आघा सलमान र इफ्तिकार अहमेदले समान २३ रन बनाए।
त्यस्तै कप्तान बाबर आजमले १० रन बनाए। बलिङतर्फ भारतका कुलदीप यादवले ५ विकेट तथा जसप्रीत बुमराह, हार्दिक पाण्ड्या र सार्दुल ठाकुरले समान १ विकेट लिँदा पाकिस्तान ३३ औँ ओभरमा १२८ रनमा समेटियो।
भारतले मंगलबार सुपरफोरको दोस्रो खेलमा श्रीलंकाविरुद्ध खेल्दैछ। खेल कोलम्बोस्थित प्रेमदासा स्टेडियममा सवा ३ बजे सुरु हुनेछ। पहिलो खेलमा बंगलादेशलाई हराएको श्रीलंका र पाकिस्तानलाई हराएको भारत दुबै लगातार दोस्रो जितको खोजीमा हुनेछन्।