एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन, श्रद्धाञ्‍जलीको लागि शवलाई पार्टी कार्यालयमा राखिने

बिजमाण्डू
२०८० भदौ २६ गते ०६:५५ | Sep 12, 2023
एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन, श्रद्धाञ्‍जलीको लागि शवलाई पार्टी कार्यालयमा राखिने


काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुवासचन्द्र नेम्वाङको निधन भएको छ। उपचारको क्रममा नेता नेम्वाङको गएराति निधन भएको हो।

Tata
GBIME

सोमबार राति एक बजे मुटुमा समस्या देखिएपछि राति नै उनलाई त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पताल लगिएको थियो। उपचारको क्रममा राति २ बजे उनको निधन भएको बताइएको छ।

नेम्वाङको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायतका नेताहरु शिक्षण अस्पताल पुगेका थिए।

नेम्वाङको शवलाई ७ बजे एमाले पार्टी कार्यालयमा श्रद्धाञ्‍जलीको लागि राखिने बताइएको छ। उनको भोलि मात्रै अन्‍त्यष्टि गरिने बताइएको छ।

नेम्वाङ संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख समेत हुन्। उनी इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।