६ विषयमा अनुसन्धानका लागि कुसोमको प्रस्ताव आह्वान, दुई लाखसम्म अनुदान



बिजमाण्डू
२०८० भदौ २४ गते २१:५७ | Sep 10, 2023
६ विषयमा अनुसन्धानका लागि कुसोमको प्रस्ताव आह्वान, दुई लाखसम्म अनुदान

काठमाडौं काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) ले स्नातक, एमफिल, पिएचडी तथा स्वतन्त्र अनुसन्धानकर्तालाई विभिन्न ६ विषयमा अनुसन्धानका लागि प्रस्ताव आवहन गरेको छ।

Tata
GBIME
Zonsen

ड्ब्लुटिओ चियर्स प्रोग्राम र कुसोमको वेब पेजबाट प्रस्तावबारे जानकारी लिन सकिनेछ। अन्तर्गत सेप्टेम्बर १५ सम्मको सयमयीमा तोकेर अनुसन्धानको प्रस्ताव आह्वान गरिएको हो।

प्रत्येक अनुसन्धानका लागि २ लाख अनुदान प्रदान गरिने कुसोमले जनाएको छ। अनुसन्धानको प्रकृतिअनुसार रकम थप गर्न सकिने कुसोमका रजिस्टार प्राध्यापक डा. अच्युत वाग्लेले जानकारी दिए।

कुसोमले गत वर्ष ४ वटा अनुसन्धानका लागि अनुदान दिएको थियो।

अनुसन्धान सहायता कार्यक्रम अन्वेषक र विद्यार्थीलाई ड्ब्लुटीओको बहुपक्षीय व्यापार मामिलामा रुचि जगाउनका लागि प्रोत्साहन रहेको कुसोमले जनाएको छ।