सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घट्दा चाँदीमा पनि २० रुपैयाँको गिरावट

बिजमाण्डू
२०८० भदौ २१ गते १२:०९ | Sep 7, 2023
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घट्दा चाँदीमा पनि २० रुपैयाँको गिरावट


काठमाडौं। सुनको मूल्य प्रतितोला ४ रुपैयाँले घटेको छ। सुनको मूल्य बिहीबार प्रतितोला १ लाख १२ हजार रुपैयाँ भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

Tata
GBIME

बुधबार भने सुन प्रतितोला १ लाख १२ हजार ४०० मा कारोबार भएको थियो।

गत सोमबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार पुगेको थियो। जुन चालु महिनाकै उच्च हो। तर, मंगलबारदेखि सुनको मूल्य विस्तारै ओरालो लाग्दै छ। सोमबारको तुलनामा मंगलबार ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार ७०० कायम भएको थियो। त्यसपछि बुधबार पनि सुन प्रतितोलामा ३ रुपैयाँ घटेको थियो।

त्यसैगरि, चाँदीको मूल्य पनि २० रुपैयाँले सस्तिएको छ। बुधबार कारोबार मूल्य प्रतितोला १४ सय १० रुपैयाँ भएको छ।

सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १९१८.७ डलर पुगेको छ। त्यस्तै, चाँदी भने प्रतिऔंस २३.१ डलरमा कारोबार भइरहेको छ।