सेरेस मिनी इभीको ३ वटा भेरियन्ट नेपाली बजारमा आयो, फुल चार्ज रेन्ज २२० किलोमिटर

बिजमाण्डू
२०८० भदौ २१ गते ०९:०९ | Sep 7, 2023
सेरेस मिनी इभीको ३ वटा भेरियन्ट नेपाली बजारमा आयो, फुल चार्ज रेन्ज २२० किलोमिटर


काठमाडौं। सेरेसको मिनी इभी नेपाली बजारमा आएको छ। सेरेस गाडीको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले उक्त मिनी इभी नेपाली बजारमा ल्याएको हो।

Tata
GBIME

कम्पनीले सेरेसको मोडल ३ को दुईवटा भेरियन्ट पनि नेपाली बजारमा ल्याएको छ। मिनी इभीलाई कम्पनीले सेरेस ई-१ मोडल नाम दिएको छ।  

सेरेसले बनाएको मिनी इभी विशेष डिजाइन प्रयोग गरी बनाइएको बिक्रेता कम्पनीले जनाएको छ। जुन विद्युतीय स्केटबोर्ड जस्तै छ। यो डिजाइनले मिनी इभीमा स्मार्ट इन्टेरियर बनाउन खोजेको देखिन्छ।

यो गाडीमा प्रयोगकर्ताहरुलाई सुरक्षित राख्‍न १७ बलियो प्यानलहरू जडान गरिएको छ। यसका साथै ३९ वटा हार्ड टेस्टिङहरू पार गरेको कम्पनीले जनाएको छ। जसमा गाडी र ब्याट्री दुबै सुरक्षित रहेको कम्पनीले दाबी गरेको छ।

कम्पनीका अनुसार यस मिनी इभीमा १६.८  र १३. ८ किलोवाट आवर(युनिट) लीथीयम-आयन ब्याट्री विकल्प उपलब्ध छन्। उक्त गाडीमा भएको ब्याट्री प्याकहरुले एक पटकको फुल चार्जमा १८० किलोमिटरदेखि २२० किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ।

गाडीमा जडान गरिएको वायरलेस एन्डरोइड अटो र एप्पल कारप्लेले यसलाई थप प्रविधियुक्त गाडी बनाएको कम्पनीको भनाइ छ। गाडीमा भूगोल र अवस्था हेरेर ह्याण्डलिङको लागि दुई वटा ड्राइभ मोड प्रदान गरिएको छ। यसमा रिजेनेरेटिभ ब्रेकिङको सिस्टम पनि उपलब्ध छ।

यसैगरी, यस गाडीमा फ्रन्ट एयर ब्याग, एबिएस प्लस ईबिडी, हिल स्टप/स्टार्ट, अटो होल्ड, पार्किङ ब्रेक, सिट बेल्ट, पार्किङ क्यामेरा र सेन्सर, टिपीएमएस तथा आईसोफिक्स चाइल्ड सिटका साथै ८.८ इन्चको टच स्क्रिन इन्फोटेंमेन्ट सिस्टमको राम्रो व्यवस्था गरिएको कम्पनीले जनएको।

मिनी इभीले अतिरिक्त लेगरूम र हेडरूमको साथ आरामदायी फराकिलो अनुभव प्रदान गर्नेछ। घुमाउरो बडी डिजाइनले यसको बाहिरी भागमा एरोडायनामिक र स्टाइलिश उपस्थिति दिन्छ भने रियर-भ्यू मिररहरू फ्लोटिङ ढाँचाको साथ उत्कृष्ट देखिन्छन्।

मिनी इभीमा आरामदायी र फराकिलो इन्टेरियरका साथै चार जनाका लागि सिट छ। पछाडिको सिटहरू ५०:५० अनुपातमा एड्जस्ट गर्न सकिनुका साथै आवश्यक भएमा थप फराकिलो बनाउन सकिन्छ। यो मिनी इभीमा शहरी ड्राइभिङ अनुभवलाई रमाइलो बनाउन स्मार्ट प्रविधिले भरिएको छ। स्टेयरिङ ह्वील फंसनलहरूले भरिपूर्ण छ र यसमा भएको यूनिक डिजाइन र  फ्युचरिस्टिक कन्ट्रोलहरूले कारलाई थप प्रविधियुक्त बनाउने कम्पनीले जनाएको छ।

यो मिनी इभीको अर्को विशेषता भनेको स्मार्ट-कि पनि हो। यस मिनी इभीमा ८.८ इन्च टचस्क्रिन ड्यासबोर्ड जडान गरिएको छ जसमा प्रयोगकर्ताहरुले एप्पल कारप्ले तथा एण्डरोइड अटो प्रयोग गर्न सक्छन्। यो सँग यस गाडीमा ७ इन्चको अर्को स्क्रिन पनि जडान गरिएको छ जसमा गाडीको थप विवरणहरु देखाइनेछ। यसले प्रयोगकर्ताहरुलाई आरामदायिक र अन्तरक्रियात्मक अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।