बिवाइडीको नयाँ शोरुम भक्तपुरको सल्लाघारीमा खुल्यो, काभ्रेका ग्राहकलाई पनि केन्द्रित गरेर सेवा दिने

बिजमाण्डू
२०८० भदौ २० गते १८:५३ | Sep 6, 2023
बिवाइडीको नयाँ शोरुम भक्तपुरको सल्लाघारीमा खुल्यो, काभ्रेका ग्राहकलाई पनि केन्द्रित गरेर सेवा दिने


काठमाडौं। चिनियाँ विद्युतीय गाडी बिवाइडीको शोरुम भक्तपुरमा पनि संचालनमा आएको छ। बिवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले भक्तपुरको सल्लाघारीमा आजदेखि नयाँ शोरुमको सुरुवात गरेको हो।

Tata
GBIME

काठमाडौं उपत्यकामा कम्पनीको यो तेस्रो शोरुम हो। शोरुमको उद्‍घाटन बिवाइडी चाइनाका प्रतिनिधिहरुले गरेका थिए।

पछिल्लो समय साइमेक्स इंक डिलर शोरुम विस्तारमा लागि परेको छ। यस्तै, कम्पनीले नयाँ गाडी ल्याउनेसँगै चार्जिङ र अन्य सर्भिसलाई पनि विस्तार गर्दै आएको छ।

उद्घाटन समारोहमा नेपालका वरिष्ठ हास्य कलाकार तथा एटो ३ का ब्रान्ड एम्बास्डर हरिवंश आचार्यले नेपालमा विद्युतीय गाडीको प्रयोग बढाउनुपर्नेमा जोड दिए। विद्युतीय गाडीको अधिकतम प्रयोगले नेपालको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने उनको भनाइ थियो। सो कार्यक्रममा उनले विद्युतीय सवारीसाधनको प्रयोग गरेर इन्धनको खपतलाई घटाउने आग्रह पनि गरे।

बी माई अटोमोबाइलका निर्देशक नरेन्द्र रानाले भक्तपुरमा आफुहरुले बिवाइडीको शोरुमबाट बनेपा, धुलिखेल लगायतका क्षेत्रका ग्राहकहरुलाई धेरै केन्द्रित गरेर ‘सर्भिस’ दिने बताए। धुलिखेल भेगमा बिवाइडीको कुनै पनि शोरुम नभएकाले आफुले बिवाइडीको शोरुम सल्लाघारीमा खोलेको उनले बताए।

शोरुममा अहिले बिवाइडीको एटो ३ र ई-६ मोडल उपलब्ध रहेको छ।