
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवास पुगेर प्रचण्डले पौडेलसँग सोमबार बिहान भेट गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
सो भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ।