समूह ‘ए’ बाट पाकिस्तान सुपर फोरमा, भारतलाई हराए नेपाल पनि पुग्नेछ सुपर फोरमा

बिजमाण्डू
२०८० भदौ १७ गते ०६:४४ | Sep 3, 2023
समूह ‘ए’ बाट पाकिस्तान सुपर फोरमा, भारतलाई हराए नेपाल पनि पुग्नेछ सुपर फोरमा
Photo: PCB


काठमाडौं। एसिया कप अन्तर्गत समूह ‘ए’ को शुक्रबारको खेल वर्षाका कारण रद्द भयो। चिरप्रतिस्पर्धी भारत र पाकिस्तानबीचको खेलमा पहिलो इन्निङ्स सकिएपछि सुरु भएको वर्षा नरोकिँदा खेल रद्द भएको थियो।

Tata
GBIME

श्रीलंकास्थित पल्लेके स्टेडियममा भएको खेलमा भारत टस जितेर ब्याटिङमा उत्रिएको थियो। शाहीन शाह अफ्रिदीले सानदार बलिङ गर्दा भारत ४८.५ ओभरमा अलआउट हुँदै २६६ रनमा रोकियो। भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ८७ रन बनाउँदा इशान किशनले ८२ रनको महत्वपूर्ण योगदान दिए। त्यसबाहेक जसप्रित बुमराहले १६, रवीन्द्र जडेजा र श्रेयस ऐयरले समान १४ रन बनाउँदा अन्य ब्याट्सम्यान खास जमेनन्।

बलिङतर्फ पाकिस्तानका शाहीन शाह अफ्रीदीले सानदार बलिङ गर्दै १० ओभरमा ३५ रन दिएर ४ विकेट लिए। त्यस्तै नसीम शाह र हरिस रउफले समान ३ विकेट लिए।

खेलको सुरुमा पनि केहीबेर प्रभावित पारेको वर्षाले पाकिस्तानको इनिङ्स भने सुरु नै हुन सकेन।

नेपालले आगामी खेलमा सोमवार भारतविरुद्ध खेल्नेछ। समूह ‘ए’ मा नेपाललाई हराएको पाकिस्तान ३ अंक जोडेर शीर्षस्थानमा छ। दोस्रो स्थानमा १ अंक जोडेको भारत रहँदा अंक विहीन नेपाल तेस्रो स्थानमा छ।

सोमवारको खेलमा नेपालले भारतलाई हराए सुपरफोरमा पुग्ने छ। शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।