भिजन लुम्बिनी ऊर्जा कम्पनीले आइपीओ निष्कासनका लागि बोर्डबाट पायो स्वीकृति

बिजमाण्डू
२०८० भदौ ७ गते १२:०८ | Aug 24, 2023
भिजन लुम्बिनी ऊर्जा कम्पनीले आइपीओ निष्कासनका लागि बोर्डबाट पायो स्वीकृति

काठमाडौं। भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले आइपीओ निष्कासनको स्वीकृति पाएको छ। नेपाल धितोपत्र बोर्डबाट कम्पनीले भदौ ५ गते आइपीओ निष्कासनको स्वीकृति पाएको हो।

Tata
GBIME
Nepal Life

यो जलविद्युत क्षेत्रको कम्पनी हो। कम्पनीले कुल जारी पुँजीको २० प्रतिशत सेयर निष्कासन गर्ने स्वीकृति पाएको हो।

बोर्डबाट निष्कासनको अनुमति पाइसकेको यस कम्पनीले अबको केही समयमै ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्ने छ। कम्पनीले उक्त सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने छ।

भिजन लुम्बिनी ऊर्जा कम्पनीले २५ मेगावाटको सेती नदी जलविद्युत आयोजना सञ्‍चालन गरिरहेको छ। आयोजना नेपालकै एक पृथक पहिचान बोकेको नमूना आयोजना रहेको कम्पनीको विश्‍वास छ।

आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अनुसार हालसम्म ९० प्रतिशत काम सकिएको छ। आयोजना माछापुच्छ्रे गाउँपालिका-२ सार्दिखोलामा बनिरहेको छ। विसं २०७७ भदौदेखि विद्युत् आयोजना निर्माण सुरु भएको थियो।