बहुराष्ट्रिय आइटी कम्पनी जुनिपर नेटवर्क्स नेपालमा आक्रामक, उच्च क्षमताको नेटवर्किङ पूर्वाधार बनाउँदै

बिजमाण्डू
२०८० भदौ ५ गते १२:२६ | Aug 22, 2023
बहुराष्ट्रिय आइटी कम्पनी जुनिपर नेटवर्क्स नेपालमा आक्रामक, उच्च क्षमताको नेटवर्किङ पूर्वाधार बनाउँदै


काठमाडौं। आर्टिफिसियल इन्टेलिजेन्समा आधारित नेटवर्किङ सेवा प्रदायक जुनिपर नेटवर्क्स नेपालको कनेक्टिभिटी विस्तार गर्न आक्रामक बनेको छ।

Tata
GBIME

बहुराष्ट्रिय कम्पनीको रुपमा जुनिपरले इन्टरप्राइजेज, बैंक तथा सरकारी नेटवर्क विस्तारमा काम गर्दै आएको छ। यस्ता संस्थाहरुको डेटा सेन्टर र क्लाउड होस्टिङको काम जुनिपरले गर्दै आएको छ।

भारतमा सन् २००० देखि संचालनमा आएको जुनिपर नेपालमासमेत सन् २०१२ देखि क्रियाशिल छ। देशकै ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकसँग मिलेर जुनिपरले नेपालको इन्टरनेट पेनिट्रेसन बढाउन उच्च क्षमताको नेटवर्किङ सोलुसन्स उपलब्ध गराइरहेको छ। वर्ल्डलिंकसँगको सहकार्यले नेपालमा फिक्स्ड ब्रोडब्यान्डको पेनिट्रेसन बढाउन महत्त्वपूर्ण भूमिका खेलेको जुनिपर नेटवर्क्सको भारत तथा सार्क क्षेत्रका प्रबन्ध निर्देशक सजन पलले जानकारी दिए।

‘नेपालमा बढ्दो कन्ज्युमर मार्केटको चुनौतीलाई पहिचान गर्दै जुनिपर नेटवर्क्स् वर्ल्डलिंकसँग मिलेर उच्च क्षमताको १०० जीबीइ पूर्वाधार बनाउन केन्द्रीत छ। यसले द्रुत गतिमा नेपालमा बढिरहेको इन्टरनेट कनेक्टिभिटी र सेवालाई सहज तुल्याउने छ। बढ्दो ग्राहक संख्या, इन्टरनेट ट्राफिक, सेवाको मागका कारण नेपालको नेटवर्क आवश्यक केही जटिल छ। यसैलाई समाधान गर्न जुनिपरको एमएक्स सिरिज जसलाई वर्ल्डलिंकले प्रयोग गरेको छ त्यसले यस्ता चुनौतीलाई सहजै समाधान गर्न मद्दत पुगेको छ,’ पलले भने।

त्यसैगरी, जुनिपरले उपलब्ध गराउँदै आएको जुनोस् स्पेस कनेक्टिभिटी सर्भिसेस् डिरेक्टरका कारण स्टेबल र सुरक्षित नेटवर्क नेपाली ग्राहकहरुले पाइरहेको उनले बताए।

जुनिपर वर्ल्डलिंकबाहेक अरु संस्थाहरुसँग पनि सहकार्य गर्दै अघि बढ्न चाहेको कम्पनीको इन्जिनियरिङ इन्टरप्राइज प्रमुख राजेश कुमारले जानकारी दिए। आफ्ना उत्पादनहरु इनोभेसन तथा अत्याधुनिक प्रविधिमा आधारित हुने भन्दै उनले नेटवर्किङलाई क्लाउडतर्फ सिफ्ट गर्न उपयोगी हुने बताएका छन्।

‘हामी हाम्रा ग्राहकहरुलाई स्वचालित, ठूलो संख्या र सुरक्षित नेटवर्क सेवा दिन सक्षम छौं। यसले नेपालको डिजिटल रुपान्तरणमासमेत उल्लेखनीय भूमिका खेल्न सक्छ। निजी क्षेत्रसँगै हामी सरकारसँग पनि हातेमालो गर्दै ओपन र्‍यान र फाइभजी प्रविधिमा नेपाललाई अघि बढाउन चाहन्छौं। हाम्रो सेवाहरुले खर्च कटौतीदेखि अटोमेसनमा लैजान निकै मद्दत गर्छ,’ कुमारले भने।