
काठमाडौं। मूल्यवृद्धि मापन गर्न नेपाल राष्ट्र बैंकले आधार वर्ष परिवर्तन गर्ने भएको छ। राष्ट्र बैंकले २०८०/८१ लाई आधार वर्ष बनाउने भएको हो।
समयको अन्तरालसँगै उपभोक्ताको व्यवहारमा परिवर्तन आएको भन्दै राष्ट्र बैंकले बजारमा वस्तु तथा सेवाको उपलब्धतामा आएको परिवर्तन तथा प्रादेशिक संरचना लगायतका कारणले आधार वर्ष परिवर्तन गर्न लागेको जनाएको छ।
राष्ट्र बैंकले २०८० साउनदेखि २०८१ असार मसान्तसम्म देशका ७७ वटै जिल्लाबाट तथ्यांक संकलन गर्ने छ।
सम्बन्धित जिल्लाका तोकिएका बजार केन्द्रहरुमा विभिन्न वस्तु तथा सेवाको विवरण तथा मूल्य संकलन गर्ने काम थालिसकेको छ।