
काठमाडौं। सेयरप्रो सेक्युरिटिजले मिसकल सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले ग्राहकलाई उत्कृष्ट सेवा दिन भन्दै मिसकल सेवा सञ्चालनमा ल्याएको हो।
यो सेवाका लागि कम्पनीले दुईवटा नम्बर सार्वजनिक गरेको छ। लगानीकर्ता तथा ग्राहकले अनलाइन ट्रेडिङसँग सम्बन्धित जानकारीका लागि एउटा र डिम्याट तथा अन्य सेवाका लागि अर्को नम्बरमा सम्पर्क गर्न सक्नेछन्। ती नम्बरमा एक पटक मिसकल गरेपछि कम्पनीले नै कल ब्याक गर्नेछ।
धितोपत्र बजारमा रुचि राख्ने जो कोहीले यो सेवाको प्रयोग गरी लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।
सेयरप्रो सेक्युरिटिज नयाँ ब्रोकर कम्पनी हो। यस कम्पनीले असार २८ गतेबाट धितोपत्र दलाली तथा निक्षेप सदस्यको सेवा प्रदान गर्दै आएको छ।