सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फन्डको प्रतिफल घोषणा, कुन योजनाको कति ?

बिजमाण्डू
२०८० भदौ १ गते १२:५६ | Aug 18, 2023
सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फन्डको प्रतिफल घोषणा, कुन योजनाको कति ?

काठमाडौं। सिद्धार्थ क्यापिटल लिमिटेडका दुई सामूहिक लगानी कोष योजनाले प्रतिफल घोषणा गरेका छन्। क्यापिटल सञ्चालक समितिको को बिहीबार बसेको बैठकको निर्णयले सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ ग्रोथ स्कीम-२ का इकाइधनीहरुलाई प्रतिफल वितरण गरिने भएको हो।

Tata
GBIME
Nepal Life

यी योजनामध्ये गत आर्थिक वर्षका लागि सिद्धार्थ इक्विटी फन्डले इकाइधनीलाई ५ प्रतिशत (कर सहित)ले हुन आउने ७ करोड ५० लाख बराबरको नगद लाभांश दिने भएको छ।

यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ ले इकाइधनीहरुलाई करसहित ६.५ प्रतिशतले हुन आउने ७ करोड ८० लाख बराबरको नगद प्रतिफल वितरण गर्ने भएको छ।

तर सिद्धार्थ क्यापिटलको एउटा योजनाले भने गत आर्थिक वर्षका लागि कुनै पनि प्रतिफल वितरण नगर्ने निर्णय गरेको छ। क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ ले इकाइधनीलाई प्रतिफल नबाँड्ने निर्णय गरेको हो।