एयर इण्डियाको जहाज तीन घण्टापछि उड्यो दिल्ली, व्हिल लकमा आएको समस्या समाधान

बिजमाण्डू
२०८० साउन ३० गते २०:१३ | Aug 15, 2023
एयर इण्डियाको जहाज तीन घण्टापछि उड्यो दिल्ली, व्हिल लकमा आएको समस्या समाधान


काठमाडौं। प्राविधिक समस्याका कारण रोकिएको एयर इण्डियाको जहाजले तीन घण्टापछि दिल्ली उडान गरेको छ। मंगलबार दिउँसो उडानका क्रममा व्हिल लकमा समस्या आएपछि जहाज दिल्ली जान सकेको थिएन।

Tata
GBIME

व्हिल लकमा आएको समस्या समाधान पछि जहाजले भर्खरै दिल्ली उडान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए। ‘जहाजमा व्हिल लकको समस्या देखिएको थियो। एयर इण्‍डियाकै प्राविधिक टोलीले मर्मत सम्भार गरेपछि जहाज भर्खरै दिल्लीतर्फ उडेको छ’, प्रवक्ता झाले भने।

अपराह्न ४:१० बजे उडानका लागि १७९ यात्रुसहित धावनमार्ग पुगेको जहाजमा समस्या देखिएपछि त्रिभुवन विमानस्थलमा ४० मिनेटसम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान अस्तव्यस्त भएको थियो।