
काठमाडौं। चन्द्रागिरी हिल्स लिमिटेडको खुद नाफा उल्लेख्य रूपमा बढेको छ। चन्द्रागिरीमा आन्तरिक तथा बाह्य पर्यटक आवागमन बढ्दा र विभिन्न समारोह आदिले व्यापार फस्टाउँदा नाफासँगै सञ्चालन आम्दानीमा उल्लेख्य सुधार आएको हो।
कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा १५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आव खुद नाफा १ करोड ६८ लाख थियो।
असार मसान्तसम्म कम्पनीको सञ्चालन आम्दानी ९१ करोड ३४ लाख रुपैयाँ छ। सञ्चालन आम्दानी ३६.५४ प्रतिशत बढेको हो। यस्तै कुल आम्दानी ७९ करोड २६ लाख रुपैयाँ छ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९.८५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ८४.७२ रुपैयाँ छ।
हालसम्म यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख छ भने जगेडा कोष २३ करोड ४४ लाख ऋणात्मक छ।