लाखौं रकम हिनामिना गरेर क्‍विक बचत सहकारीका सञ्चालक फरार, तीनजना पक्राउ

बिजमाण्डू
२०८० साउन २६ गते ११:४३ | Aug 11, 2023
लाखौं रकम हिनामिना गरेर क्‍विक बचत सहकारीका सञ्चालक फरार, तीनजना पक्राउ


काठमाडौं । काठमाडौंको कोटेश्वरमा रहेको क्‍विक बचत तथा ऋण सहकारी संस्थाले सेवाग्राहीको लाखौं रुपैयाँ हिनामिना गरेको खुलेको छ। सेवाग्राहीले प्रहरी उजुरी दिएपछि घटनाको अनुसन्धान गरेर प्रहरीले सरकारी वकिल मार्फत मुद्दा अदालतमा लगेको छ।

Tata
GBIME

यो प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले सहकारीका उपाध्यक्ष र कर्मचारी गरी तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा आस्लाम लिम्बु, ज्ञानेन्द्र लिम्बु र प्रमिला थापा रहेका छन्।

प्रहरीले सहकारीका अध्यक्ष लानम जवेगु, सचिव इन्द्रप्रसाद लिम्बु, सदस्यहरू  शान्ता नेवाङ, प्रमीला खोयाहाङ, नमिता राई, चन्द्र लिम्बु  र रोजिना मगरलाई खोजी गरिरहेको छ। उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर भएको छ।

सहकारीले साधारण खाता, विशेष खाता र आवधिक खातमा जम्मा गरेको रकम झिक्न जाँदा आज भोली दिने भन्दै आलटाल गरेको गरेको थियो। त्यसपछि सञ्चालक नै फरार भएका थिए।

अहिलेसम्म सेवाग्राहीले दिएको उजुरीको आधारमा ५९ लाख ३६ हजार रुपैयाँ बिगो दाबी रहेको छ।