बेलायतमा ४०० पसल रहेको रिटेल चेन ‘विल्को’ धराशायी, १२ हजारको रोजगारी जोखिममा

बिजमाण्डू
२०८० साउन २५ गते १८:२५ | Aug 10, 2023
बेलायतमा ४०० पसल रहेको रिटेल चेन ‘विल्को’ धराशायी, १२ हजारको रोजगारी जोखिममा
Photo : Alamy


बेलायतको होमवेयर रिटेल चेन ‘विल्को’ ठूलो ऋणका कारण धराशायी अवस्थामा पुगेको छ। यससँगै कम्पनीसँग आबद्ध १२ हजार भन्दा बढी कर्मचारीको रोजगारी जोखिममा रहेको बीबीसीले उल्लेख गरेको छ।

Tata
GBIME

सन् १९३० देखि बेलायतमा यो कम्पनीको ४०० वटा पसलहरु संचालनमा छन्। यसका आउटलेटहरु बेलायतका हाइस्ट्रीट लोकेसनहरुमा अवस्थित छन्। कम्पनीले करोडौं रुपैयाँ ऋण लिएको तर तिर्ने अवस्था नरहेको जनाइएको छ।

विल्कोका प्रमुख कार्यकारी अधिकृत मार्क ज्याक्सनले कम्पनी बचाउन आफूहरुले सबै प्रयास गरेको तर त्यसमा असफल भएको बताएका छन्। उच्च मुद्रास्फीति र बढ्दो ब्याज दरले ठूलो असर पुर्‍याएको उनले बताएका छन्।

उनले भनेका छन्, ‘अब हामीले हाम्रो नियुक्त प्रशासकहरूसँग काम गरेर सकेसम्म लामो समयसम्म धेरैभन्दा धेरै रोजगारीहरू सुरक्षित राख्नको लागी सबैभन्दा राम्रो गर्नु पर्छ।’