कांग्रेस सांसद सुनिल शर्मा काठमाडौंबाट पक्राउ, नक्कली प्रमाणपत्र प्रयोग गरेको आरोप

सबिन ढकाल
२०८० साउन २५ गते १६:३१ | Aug 10, 2023
कांग्रेस सांसद सुनिल शर्मा काठमाडौंबाट पक्राउ, नक्कली प्रमाणपत्र प्रयोग गरेको आरोप


काठमाडौं। नेपाली कांग्रेसका सांसद डा सुनिल शर्मा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले सांसद शर्मालाई पक्राउ गरेको हो। 

Tata
GBIME

शर्माले साउन ३ गते बरामद भएको सुन प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको विरोध गर्दै आएका थिए। तत्काल दुई मन्त्रीले राजीनामा दिनुपर्ने उनको माग थियो।

शर्मालाई आज काठमाडौंको गोल्फुटारबाट प्रहरीले पक्राउ गरेको हो। उनलाई नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ।

मोरङ क्षेत्र नम्बर ४ बाट निर्वाचित शर्मा विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालकसमेत हुन्।

अहिले संसद अधिवेशन चलिरहेको छ। बहालवाला संसदलाई पक्राउ गर्नु पूर्व सभामुखलाई जानकारी गराउनु पर्ने कानुनी प्रावधान छ।