
काठमाडौं। मल्टीपर्पस फाइनान्सले भदौ १० गतेदेखि हकप्रद सेयर बिक्री गर्ने भएको छ। फाइनान्सले कायम चुक्ता पुँँजी ४५ करोड २० लाखको ३५ प्रतिशत बराबर हकप्रद निष्कासन गर्दैछ। १५ करोड ८५ लाखको हकप्रद बिक्री गर्ने कम्पनीको तयारी छ।
१:०.३५ को अनुपातमा हकप्रद जारी गर्ने कम्पनीले जनाएको छ। जसअनुसार प्रत्येक एक सय कित्ता हुने सेयरधनीले ३५ कित्ता हकप्रदमा आवेदन दिन पाउनेछन्।
कम्पनीले १०० रुपैयाँका दरले १५ लाख ८२ हजार कित्ता बिक्री गर्ने जनाएको छ। हकप्रदमा आवेदन दिने अन्तिम दिन भदौ ३१ गते हो।
हकप्रदको रकममध्ये दुई करोड कम्पनीले अनिवार्य तरलता अनुपात कायम गर्न उपयोग गर्ने जनाएको छ। त्यस्तै ३ करोड ८२ लाख कर्जा प्रवाह गर्ने, दुई करोड शाखा विस्तारमा तथा ८ करोड रुपैयाँ सरकारी ऋणपत्रमा लगानी गर्ने कम्पनीको योजना छ।