लगानीकर्तालाई सेयर प्रो सेक्यूरिटिजको अफर, ३६५ जनाको मेरो सेयर र डिम्याट खाता नि:शुल्क

बिजमाण्डू
२०८० साउन २३ गते १९:२२ | Aug 8, 2023
लगानीकर्तालाई सेयर प्रो सेक्यूरिटिजको अफर, ३६५ जनाको मेरो सेयर र डिम्याट खाता नि:शुल्क

काठमाडौं। सेयर प्रो सेक्यूरिटिजले नयाँ ग्राहकलाई लक्षित गर्दै विषेश योजना ल्याएको छ। भर्खरै ब्रोकर लाइसेन्स पाएको कम्पनीले ३६५ जना नयाँ लगानीकर्तालाई डिम्याट र मेरो सेयर खाता नि:शुल्क खोलिदिने योजना ल्याएको हो।

Tata
GBIME
Nepal Life

नयाँ ग्राहकलाई आफूतिर आकर्षित गर्न कम्पनीले नि:शुल्क खाता खोलिदिने योजना ल्याएको हो। यो योजना मंगलबारदेखि लागू भएको कम्पनीले जनाएको छ।

सेयर प्रोले असार २८ गतेबाट ब्रोकर तथा निक्षेप सदस्य सेवा प्रदान गर्दै आएको छ।