प्रोपर्टी विजार्ड र आईएमई पेबीच सम्झौता, ग्राहकलाई भुक्तानीमा सहज हुने

बिजमाण्डू
२०८० साउन २२ गते १६:४६ | Aug 7, 2023
प्रोपर्टी विजार्ड र आईएमई पेबीच सम्झौता, ग्राहकलाई भुक्तानीमा सहज हुने
सम्झौता देखाउँदै प्रोपर्टी विजार्ड र आईएमई पेका प्रतिनिधि

काठमाडौं। नयाँ ब्रोकर कम्पनी प्रोपर्टी विजार्ड र आईएमई पेबीच सम्झौता भएको छ। नेपाल धितोपत्र बोर्डबाट भर्खरै लाइसेन्स पाएको ६७ नम्बरको ब्रोकर कम्पनी प्रोपर्टी विजार्डले भुक्तानी सहजताका लागि भन्दै सोमबार आईएमई पेसँग सम्झौता गरेको हो।

Tata
GBIME
Nepal Life

सम्झौतामा प्रोपर्टी विजार्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद वाग्ले र आईएमई पेका तर्फबाट प्रमुख कार्यकारी प्रविन रेग्मीले हस्ताक्षर गरे।  

सम्झौता अनुसार प्रोपर्टी विजार्डमार्फत सेयर कारोबार गर्ने ग्राहकलाई आईएमई पे वालेटले भुक्तानीका लागि वेवसाइट वा मोबाइल एप्लिकेसन उपलब्ध गराउने छ।