
काठमाडौं। गृह मन्त्रालयले २ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) तोकेको छ। मन्त्रालयले जाजरकोट र अछाममा नयाँ सीडीओ पठाएको हो।
गृह मन्त्रालयमा कार्यरत उपसचिव सुरेश सुनारले जाजरकोटको सीडीओको जिम्मेवारी पाएका छन्। त्यस्तै अछामको सीडीओको जिम्मेवारी मोरङ जिल्ला प्रशासन कार्यालयमा सहायक प्रजिअको रुपमा कार्यरत उपसचिव शरदकुमार पोखरेललाई दिइएको छ।
सुनारले यसअघि मोरङ र बाँकेमा सहायक प्रजिअका रूपमा काम गरेका थिए। त्यस्तै, पोखरेललाई मुगु र दार्चुलाको प्रजिअ भइसकेको अनुभव छ।