हिमालयन ब्रोक्रेजबाट हुने सेयर किनबेचको भुक्तानी अब इसेवाबाटै गर्न मिल्ने

बिजमाण्डू
२०८० साउन २१ गते १६:०९ | Aug 6, 2023
हिमालयन ब्रोक्रेजबाट हुने सेयर किनबेचको भुक्तानी अब इसेवाबाटै गर्न मिल्ने

काठमाडौं। इसेवाबाट हिमालयन ब्रोक्रेज मार्फत हुने सेयर खरिदबिक्री सेटलमेन्टको भुक्तानी गर्न मिल्ने भएको छ। यसका साथै हिमालयन ब्रोक्रेजको मेरो सेयर र डिम्याट खाता नवीकरण शुल्क पनि इसेवा मार्फत नै तिर्न सकिन्छ।

Tata
GBIME
Nepal Life

यी सेवा संचालन गर्न इसेवा र हिमालयन ब्रोक्रेजबीच सम्झौता भएको छ। सम्झौताले लगानीकर्ताहरुलाई हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) बाट गरेको सेयर खरिदबिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने इसेवाले जनाएको छ।

अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र हिमालयन ब्रोक्रेजका अध्यक्ष एवं धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका छन्।