आन्तरिक ऋण उठाउन सुरु गर्‍यो सरकारले, तिर्ने पैसा नभएपछि पुरानो पनि नवीकरण गर्दै

बिजमाण्डू
२०८० साउन २१ गते ११:५२ | Aug 6, 2023
आन्तरिक ऋण उठाउन सुरु गर्‍यो सरकारले, तिर्ने पैसा नभएपछि पुरानो पनि नवीकरण गर्दै


काठमाडौं। सरकारले ३६४ दिन अवधिको ट्रेजरी बिलमार्फत २ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। चालु वर्षका लागि १० अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइसकेको सरकारले आइतबार पुनः २ अर्ब उठाउन खोजेको हो।

Tata
GBIME

साउनमा मात्र २२ अर्ब उठाउने योजना छ। चालु वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तभित्र मात्रै ५५ अर्ब रुपैयाँ उठाउने छ।

यसअघि जारी ३६४ दिने ट्रेजरी बिलको औसत ब्याज दर ६.३५ प्रतिशत कायम भएको थियो। सरकारका लागि राष्ट्र बैंकले २४ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरणसमेत गरिदिँदैछ।

गत साता उठाएको विकास ऋणपत्रको ब्याज दर ६.५ प्रतिशत कायम भएको छ। १० अर्बको जारी गर्दा साढे २३ अर्बका लागि आवेदन परेको थियो।