
काठमाडौं। मेगा बैंक नेपाललाई गाभ्दा त्यहाँ बिग्रिएको ऋणका कारण मर्जरपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा/नोक्सान हिसाब खाता केही खराब देखिएको छ।
खुदा नाफामा केही सुधार देखिए पनि वितरणयोग्य नाफा उल्लेख्य घटेको छ। खराब ऋण अनुपात पनि बढेको छ।
अघिल्लो वर्ष निकै राम्रो प्रदर्शन गरेको नेपाल इन्भेष्टमेन्ट बैंकको हिसाबकिताब मेगा गाभेपछि खराब भएको वित्तीय विवरणमा देखिन्छ।
बैंकको खुद नाफा ४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। मर्जरका कारण निक्षेप, ऋण, ब्याज आम्दानी सबै लागभग दोब्बरले बढेको छ। साथै खराब ऋण त्योभन्दा बढीले वृद्धि भएको छ।
खुद ब्याज आम्दानी १११ प्रतिशतले बढेर १२ अर्ब २७ करोड नाघेको छ। ऋण लगानी ९३ प्रतिशतले बढेर ३ खर्ब नाघेको छ। निक्षेप पनि ९२ प्रतिशतले बढेर साढे ३ खर्ब नाघेको छ।
खराब ऋण डेढ प्रतिशतबाट बढेर ४.३५ प्रतिशत पुगेको छ।