मौद्रिक नीतिले प्रभावित सेयर बजारमा लगानीकर्ता अन्योलमा, लगानी थप्ने कि बेच्ने?

विक्रम भट्टराई
२०८० साउन २० गते १८:५६ | Aug 5, 2023
मौद्रिक नीतिले प्रभावित सेयर बजारमा लगानीकर्ता अन्योलमा, लगानी थप्ने कि बेच्ने?


काठमाडौं। चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएलगत्तै सेयर बजारमा लामो अनुभव भएका एक लगानीकर्ताले भनेका थिए, ‘बजार निश्चय पनि घट्छ। तर गिरावट धेरै लामो समय जाँदैन।’

Tata
GBIME

‘निकै पटकको प्रयास पछि बढेको बजारमा केही नाफा बुक गर्न खोज्दा करेक्सन हुनु पुरानो प्रवृत्ति नै हो’, भनले भनेका थिए। बजारमा भयो त्यस्तै। मौद्रिक नीति सार्वजनिक भएको अर्को दिनबाटै सेयर बजार सूचक फराकिलो अंकले घट्न थाल्यो। नेप्से सूचकमा केही दिनमै १५० अंकको गिरावट आयो। २२ सय अंकमाथि पुगिसकेको नेप्से २०७७ अंकसम्म ओर्लियो। मौद्रिक नीतिअघि नेप्से २५ सय नाघ्ने बेगमा थियो। 

मौद्रिक नीतिअघि बजार लगातार उकालो लाग्दा हौसिएका लगानीकर्ताको मनोबल अहिले घट्नको अवस्था छ। उनीहरुमा अन्योल बढेको कारोबार रकमले पनि पुष्टि गर्छ। कारोबार रकम दैनिक ५ अर्ब नाघ्न थालिसकेकामा अहिले २ अर्बको पनि सेयर किनबेच हुँदैन। 

पछिल्ला दुई कारोबार सूचक भने हरियो रह्यो। उतारचढावका बाबजुद बजारमा किन्नेहरुको बाहुल्यता अन्तिममा प्रष्ट देखिन्छ। सूचक सामान्य अंकले बढेपनि बजारले अब पुनरागमनको बाटो समाएको लगानीकर्ताको बुझाइ छ। त्यसो भए के बजारमा करेक्सन सकिएको हो त? बजारले उकालो यात्रा समाएको हो? कि मौद्रिक नीतिप्रति निजी क्षेत्रको उदास टिप्पणीले बजारलाई अझै तल धकेल्छ?

तङ्ग्रिदै गरेको अर्थतन्त्रमा उतारचढाव सामान्य हो। जसका कारण सेयर बजारमा पनि भोलाटिलिटी बढी नै हुने उनीहरुको अनुमान छ। केही समयपछि भने बजार परिपक्क देखिने उनीहरुको बुझाइ छ।

नजिकबाट नियाल्नेहरु बजारलाई केही आधारभूत पक्षले प्रभाव पार्ने देख्छन्। अल्पकालीनभन्दा दीर्घकालीन लगानीका लागि आधार तयार हुँदैछ। 

तङ्ग्रिदै गरेको अर्थतन्त्रमा उतारचढाव सामान्य हो। जसका कारण सेयर बजारमा पनि भोलाटिलिटी बढी नै हुने उनीहरुको अनुमान छ। केही समयपछि भने बजार परिपक्क देखिने उनीहरुको बुझाइ छ।

‘मुख्य कुरा ब्याजदर र तरलता नै हो। जुन सुधारोन्मुख छन्। बाह्य क्षेत्र पनि बलियो हुँदैछ,’ ती विश्लेषकले भने, ‘चालु आर्थिक वर्षको बजेट र मौद्रिक नीति दुवै आइसके। मार्गदर्शन स्पष्ट छ। अब आर्थिक गतिवधि चलायमान भए सेयर बजारमा पनि त्यसको सिधै प्रभाव पर्छ।’

अवस्था त्यति सुधार भइनसकेको भन्ने अर्काथरि विश्लेषक पनि छन्। मौद्रिक नीतिमा निजी क्षेत्रले रिजर्भेसन राखेको छ। सरकारले स्थानीय तहको रकमलाई बैंकको निक्षेपमा गणना गर्न अझै स्वीकृति दिएको छैन। स्थानीय तहको ८० प्रतिशत रकम बैंकले निक्षेपमा गणना गर्न नपाए तरलतामा चाप पर्ने हो कि भन्ने संशय छ। 

यो वर्ष २ खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउने सरकारको तयारी छ। अर्कातिर स्थानीय तहको रकम बैंकले निक्षेपमा गणना गर्न नपाए अवस्था पेचिलो भइ ब्याजदर पुन: बढ्न सक्ने कतिपयको बुझाइ छ।

तर बैंकरहरुले स्थिति असहज हुने ठानेका छैनन्। ‘अहिले आत्तिहाल्नु पर्ने अवस्था होइन। स्थानीय तहको रकम नजोड्दा पनि सीडी रेसियो ८३ प्रतिशत हाराहारीमा छ’ एक बैंकरले भने, ‘११.५ प्रतिशतको लक्षित कर्जा बिस्तार गर्न तरलता सुविधाजनक छ। स्थानीय तहको रकम नजोड्दा पनि हामीसँग करीब ४ खर्ब लगानीयोग्य रकम छ।’   

त्यसमाथि राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमा एक प्रतिशत विन्दुले र माथिल्लो सीमा ०.५ प्रतिशतले घटाएको छ।बैंकरहरु नीतिगत दर कम हुँदा ब्याजदर घटाउन प्रोत्साहन मिल्ने स्वीकार गर्छन्।

राष्ट्र बैंकले ५० लाखसम्मको सेयर धितो कर्जामा बैंकहरुले राख्दै आएको १५० प्रतिशत जोखिम भार पनि १०० प्रतिशतमा झारेको छ। जसले ५० लाखसम्मको मार्जिन कर्जा दिन बैंकहरुलाई प्रोत्साहन मिल्ने देखिन्छ।

पहिला ३ महिने मुद्दती र २० वर्षको मुद्दती निक्षेपको ब्याजदर समान रहेकामा बैंकहरुले अहिले कम अवधिका मुद्दतीमा कम ब्याजदर र बढी अवधिको निक्षेपमा धेरै ब्याजदरको व्यवस्था गरेका छन्। असारमा ९.९४ प्रतिशत रहेको मुद्दती निक्षेपको औसत ब्याजदर साउनमा ९.३४ प्रतिशत छ। यता बचतको ब्याजदर पनि ५.५२ बाट ५.३९ प्रतिशतसम्म ओर्लिएको छ।

ब्याजदरका लागि हुँदै आएको कार्टेलिङ पनि खारेज भएको छ। बजारमा पर्याप्त तरलता भए निक्षेपदर घटाउन बैंकहरुलाई स्वाभाविकरुपमा दबाब पर्छ। वैशाख, जेठ र असारको औसत आधार दर १०.२१ प्रतिशतमा झरिसकेको छ। 

राष्ट्र बैंकले ५० लाखसम्मको सेयर धितो कर्जामा बैंकहरुले राख्दै आएको १५० प्रतिशत जोखिम भार पनि १०० प्रतिशतमा झारेको छ। जसले ५० लाखसम्मको मार्जिन कर्जा दिन बैंकहरुलाई प्रोत्साहन मिल्ने देखिन्छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार मार्जिनमा गएको कुल कर्जामध्ये २६ प्रतिशत ५० लाखभन्दा कम सीमाअन्तर्गतको हो। अब बैंकहरुलाई तोकिएको सीमासम्म सेयर कर्जा दिन राहत हुनेछ।