सिद्धार्थ बैंकको नाफा १० प्रतिशतले बढ्यो, खराब ऋण अनुपातमा पनि दोब्बर वृद्धि

बिजमाण्डू
२०८० साउन १९ गते ०९:२३ | Aug 4, 2023
सिद्धार्थ बैंकको नाफा १० प्रतिशतले बढ्यो, खराब ऋण अनुपातमा पनि दोब्बर वृद्धि


काठमाडौं। सिद्धार्थ बैंकले ९.९१ प्रतिशतले खुदा नाफा बढाएको छ। बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ३ अर्ब १९ करोड रुपैयाँ पुगेको जनाएको छ।

Tata
GBIME

बैंकको खराब ऋण वृद्धिका बाबजुत नाफामा सुधार देखिएको हो। बैंकको खुद ब्याज आम्दानी पनि २४ प्रतिशतले बढेको छ। बैंकको खुद ब्याज आम्दानी ८ अर्ब १७ करोड रुपैयाँ छ।

बैंकले ३ प्रतिशतले ऋण बढाएर एक खर्ब ८४ अर्ब पुर्याएको छ भने निक्षेप १६.७६ प्रतिशतले बढेर २ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ।

बैंकको खराब ऋण १.०७ बाट बढेर २.०१ प्रतिशत पुगेको छ।