जिल्ला प्रहरी कार्यालय काठमाडौंको कार्यालयमा किन भयो ढुंगामुढा?

बिजमाण्डू
२०८० साउन १७ गते १६:१४ | Aug 2, 2023
जिल्ला प्रहरी कार्यालय काठमाडौंको कार्यालयमा किन भयो ढुंगामुढा?


काठमाडौं। काठमाडौंको टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा भएको छ। बुधबार दिउँसो केही समूहले कार्यालय बाहिरको प्रवेशद्वारमा ढुंगामुढा गरेका हुन्।

Tata
GBIME

ढुंगामुढाका कारण कार्यालयमा केही क्षति पुगेको छ। नेपाल मगर संघ र नेपाल तामाङ घेदुङ संघका कार्यकर्ताहरूले प्रदर्शनकाक्रममा ढुंगामुढा गरेका हुन्।

अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै पुगेको समूहले प्रहरी माथि ढुंगा प्रहार गरेको थियो। प्रहरीले समूहलाई नियन्त्रणमा लिन अश्रु ग्यास समेत प्रहार गरेको थियो।

पाण्डेले तामाङ महिलालाई लिएको दिएको अभिव्यक्तिको विरोधमा उनीहरु प्रदर्शनमा उत्रेका हुन्। यो विषय सांसदमा समेत उठिसकेको छ।