माने पनि बार्यनबाट अल नासरमा, अनुबन्ध मूल्य रोनाल्डोको भन्दा कति फरक ?

बिजमाण्डू
२०८० साउन १७ गते १३:३८ | Aug 2, 2023
माने पनि बार्यनबाट अल नासरमा, अनुबन्ध मूल्य रोनाल्डोको भन्दा कति फरक ?
सेनेगलका स्टार साडियो मानेलाई स्वागत गर्दै अल नासरका प्रतिनिधि


जर्मन जायन्ट बायर्न म्युनिखबाट स्टार खेलाडी साडियो माने साउदी अरब जाने भएका छन्। इङ्ग्लिस क्लब लिभरपुलबाट समेत खेलिसकेका सेनेगलका स्टार माने साउदी क्लब अल नासरमा अनुबन्धित भएका हुन्।

Tata
GBIME

३१ वर्षिय मानेले बायर्नबाट ३८ खेलमा १२ गोल गरेका छन्। त्यसअघि उनले लिभरपुलबाट १०२ खेलमा ४८ गोल गरेका थिए। अल नासरमा अर्का स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो यसअघि नै अनुबन्ध भएका थिए।

कति रकममा पुगे साउदी?

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई आधार मान्ने हो भने माने बायर्नबाट ट्रान्सफर फी र पारिश्रमिक गरी ३ करोड ४० लाख पाउण्ड अर्थात ५ अर्ब ७१ करोड २० लाख रुपैयाँमा अल नासर पुगेका हुन्। उनी ४ बर्षे अनुबन्धमा साउदी गएको बताइएको छ।

रोनाल्डोले साउदीमा १७ करोड ७० लाख युरो (२९ अर्ब ६३ करोड रुपैयाँ) कमाउने दाबी गरिएको छ। रोनाल्डो र मानेको अनुबन्ध मूल्य करीब २४ अर्ब रुपैयाँ फरक देखिन्छ।