नेपाली बक्सअफिसमा हलिउड फिल्मकै दबदबा, आलिया र रणवीरको फिल्मको कमाई कति?

बिजमाण्डू
२०८० साउन १५ गते १४:२६ | Jul 31, 2023
नेपाली बक्सअफिसमा हलिउड फिल्मकै दबदबा, आलिया र रणवीरको फिल्मको कमाई कति?


काठमाडौं । आलिया भट्ट र रणवीर सिंह स्टारर बलिउड फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ ले नेपालमा औसत व्यापार गरिरहेको छ। गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो सप्ताहान्तमा ३२ लाख ४७ हजार रुपैयाँ ‘कलेक्सन’ गरेको छ।

Tata
GBIME
NLIC

फिल्मले हालसम्म ३२ लाख ४७ हजारको नेट व्यापार गरेको चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले जानकारी दिए।
करण जोहरको लगानी र निर्देशन रहेको यस फिल्मले विश्वभर भने ८५ करोड भारतीय रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ। फिल्ममा रणवीर र आलियाका साथै धर्मेन्द्र, जया बच्चन, शबाना आजमी, रोनित रोय लगायतको अभिनय रहेको छ।

रकी और रानीकी प्रेम कहानीको व्यापार औसत हुँदा हलिउड फिल्महरु ‘ओपनहाइमर’ र ‘बार्बी’ को दोस्रो हप्तामा पनि दबदबा भने कायम नै छ। बोर्डको बक्सअफिस तथ्यांकअनुसार ओपनहाइमरले हालसम्म नेट १ करोड ७० लाख रुपैयाँको व्यापार गर्दा बार्बीको भने नेट कमाई ६३ लाख रुपैयाँ रहेको छ।

अमेरिकी वैज्ञानिक जे रोबर्टको बायोपिक फिल्म ‘ओपनहाइमर’ मा क्रिस्टो नोलनको निर्देशन रहेको छ। रोबर्टको परमाणु बमको विकास गरेको व्याख्या यस फिल्मले गर्छ। यस फिल्ममा सिलियन मर्फी, एमिली ब्लन्ट, म्याट डेमन,फ्लोरेन्स पग र रबर्ट डाउनीको अभिनय छ।

कमेडी र एड्भेन्चर जनरामा बनेको ‘बार्बी’ लाई ग्रेटा गर्विगले निर्देशन गरेका हुन्। यस फिल्ममा मार्गन रोबी, रायन गोस्लिङ् र एम्मा म्याकी लगायतको भूमिका छ।