बेस रेटभन्दा कममा पनि ऋण दिन मिल्ने, कस्तो कर्जालाई दिन मिल्छ?

बिजमाण्डू
२०८० साउन १२ गते १५:०८ | Jul 28, 2023
बेस रेटभन्दा कममा पनि ऋण दिन मिल्ने, कस्तो कर्जालाई दिन मिल्छ?


काठमाडौं। नेपाल राष्ट्र बैंकले बेस रेटभन्दा कममा पनि ऋण दिने व्यवस्था गरेको छ। राष्ट्र बैंकले शुक्रबार सर्कुलर जारी गर्दै विशेष प्रकृतिको ऋण दिँदा पछिल्लो तीन महिनाको औसत आधार दरभन्दा कममा पनि प्रवाह गर्न दिने जनाएको हो।

Tata
GBIME

केन्द्र र प्रदेश सरकार तथा स्थानीय तहले आफ्नो कार्यक्रमअन्तर्गत वा कुनै दातृ निकायबाट प्राप्त सहुलियत दरको सहायता अनुदान रकमलाई बैंक तथा वित्तीय संस्थामार्फत तोकिएको क्षेत्र एवं वर्गमा परिचालन हुने गरी सञ्चालन गरेको कार्यक्रमको कर्जा औसत आधार दरभन्दा कम ब्याजदरमा प्रवाह गर्न बाधा पुर्‍याएको नमानिने निर्देशनमा उल्लेख छ।

नभए कुनै पनि कर्जा पछिल्लो तीन महिनाको औसत आधार दरभन्दा कम ब्याजदरमा प्रवाह गर्न पाइँदैन। त्यस्तै, राष्ट्र बैंकले सर्कुलरमार्फत कर्जाको ब्याजदर निर्धारण गर्दा आधार दरमा २ प्रतिशत विन्दु मात्रै प्रिमियम थप गर्न निर्देशन दिएको छ।