कोशीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान, १६ गते अपराह्न ५ बजेसम्मको समय

बिजमाण्डू
२०८० साउन १२ गते १४:४० | Jul 28, 2023
कोशीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान, १६ गते अपराह्न ५ बजेसम्मको समय


काठमाडौं। कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको हो। प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश सभाका दलहरूलाई आह्वान गरेका छन्।

Tata
GBIME

प्रदेश प्रमुख खापुङले दाबी पेश गर्न साउन १६ गते मंगलबार अपराह्न ५ बजेसम्मको समय दिएका छन्। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न समय दिइएको प्रदेश प्रमुखको कार्यालयले शुक्रबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

सर्वोच्च अदालतले नेपाली कांग्रेसका उद्धव थापाको नियुक्ति बदर गरेको भोलिपल्ट प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन्। सर्वोच्चले सभामुखको हस्ताक्षर पेश गरेर बहुमत देखाउनुलाई असंवैधानिक ठहर गर्दै थापाको नियुक्त बिहिबार बदर गरेको थियो। उसले ७ दिनभित्र नयाँ सरकार गठन गर्न पनि भनेको थियो।