आजको मौसम : अधिकांश स्थानमा वर्षाको पूर्वानुमान, मधेशमा भने पानी नपर्ने

बिजमाण्डू
२०८० साउन १२ गते ०६:५७ | Jul 28, 2023
आजको मौसम : अधिकांश स्थानमा वर्षाको पूर्वानुमान, मधेशमा भने पानी नपर्ने


काठमाडौं। शुक्रवार बिहान नेपालका अधिकांश क्षेत्रमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

Tata
GBIME

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि सामान्य बदली रही कोशी र बागमती प्रदेशका थोरै स्थानहरूका साथै  गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,  बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको  समेत सम्भावना रहेको महाशाखाले जनएको छ।

यस्तै, आज राती बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै कोशी र लुम्बिनी प्रदेश सहित देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले दैनिक मौसम बुलेटिनमार्फत जानकारी दिएको छ। राती कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको पनि बुलेटिनमा उल्लेख छ।