बिक्रीमा एप्पलको ‘अल्ट्रा रेर’ स्‍नीकर्स, सोथेबीजले मूल्य तोक्यो ५० हजार डलर

बिजमाण्डू
२०८० साउन ११ गते १०:२३ | Jul 27, 2023
बिक्रीमा एप्पलको ‘अल्ट्रा रेर’ स्‍नीकर्स, सोथेबीजले मूल्य तोक्यो ५० हजार डलर


एप्पल प्रोडक्ट भन्ने बित्तिकै तपाईं के सम्झनु हुन्छ? म्याकबुक, स्मार्टफोन लगायतका टेक्निकल एसेसरिज?

Tata
GBIME

अहिले भने बजारमा ‘अल्ट्रा रेर’ (अति नै दुर्लभ) मानिएको एप्पलको स्‍नीकर्स (जुत्ता) को चर्चा छ। सोथेबीजले ५० हजार अमेरिकी डलरमा एप्पलको जुत्ता बिक्रीमा राखेको हो।

एप्पलको लागि जुत्ताहरु उत्पादन गर्नु असमान्य हो। तर सन् १९८६ मा यो टेक ब्रान्डले लुगा र अन्य सामग्रीहरु लन्च गरेको थियो, ‘दी एप्पल कलेक्सन’को नाममा।

त्यसबेला एप्पलले छाता, ब्याग, किरिङ र सेलबोर्डसम्म उत्पादन गरेको थियो। ती सबै उत्पादनमा इन्द्रणी (रेनबो) रंगको एप्पलको लोगो थियो। एप्पलको जुत्तामा पनि रेनबो रंगको लोगो छ। उक्त ‘कस्टम-मेड’ जुत्ता १९८० र ९० को दशकमा एम्पलले आफ्ना कर्मचारीहरुको लागि उत्पादन गरेको सोथेबीजको वेबसाइटमा उल्लेख छ।

कम्पनीले ती सामग्रीहरुलाई ‘ह्वाइट लेबल प्रोडक्ट्स’ भनेर उत्पादन गर्ने गर्छ। गत वर्षमात्रै एप्पलको २२ हजार सेतो सर्ट बिक्री भएको थियो।

एप्पलका लागि यी सामग्री लेमी, होन्डा वा ब्राउन जस्ता ‘थर्ड पार्टी कम्पनी’ले निर्माण गर्ने गर्छन्। एप्पलले ती सामाग्रीमा आफ्नो ब्रान्ड र लोगो राखेर बिक्री गर्छ।

गत महिना २००७ को आइफोन १ लाख ९० हजार अमेरिकी डलरमा अक्सनमा बिक्री भएको थियो। २०२२ को नोभेम्बरमा भएको अक्सनमा स्टिभ जब्सले लगाएको ब्रिनकेनस्टक स्यान्डल २ लाख अमेरिकी डलरमा बिक्री भएको थियो।